मानव बेचबिखन गरेको आरोपमा २ जना पक्राउ
दुबई भन्दै कुवेत पुर्याएर मानव बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ
२५ मंसिर, काठमाडौं । मानव बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
दुबई भन्दै कुवेत पुर्याएर मानव बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका हो ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का २६ वर्षीय धर्म तामाङ र सोही ठाउँका माइला लामा
पाख्रिन भनिने ३९ वर्षीय टीकाराम तामाङ छन् ।
उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
उनीहरूले फ्री भिसा फ्री टिकटमा राम्रो आम्दानी हुने भन्दै दुबई भनेर कुवेत पुर्याएर एक महिलालाई बेचबिखन गरेको आरोप छ । ती महिलालाई ४ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्याइएको र त्यसको भोलिपल्ट त्यहाँबाट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्याइएको थियो ।