रवि र छविको मुद्दाको पेसी आज

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार गत हप्ता रवि पक्षका कानुनी व्यावसायीहरुले निवेदन दिएर सुनुवाइ स्थगित गरिएकोमा आजका लागि पेसी तोकिएको हो ।

११ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइका लागि पेसी आज तोकिएको छ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार गत हप्ता रवि पक्षका कानुनी व्यावसायीहरुले निवेदन दिएर सुनुवाइ स्थगित गरिएकोमा आजका लागि पेसी तोकिएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *