च्यासलमा एमाले सचिवालय बैठक जारी
बैठकमा पछिल्लो उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण र समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने
२५ मंसिर, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार अपरान्ह बैठक सुरु भएको हो ।
बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओली आजै झापाबाट काठमाडौं आएका छन् ।
बैठकमा पछिल्लो उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण र समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल हुनेछ । भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्यूरो बैठकले कार्ययोजनाको टुंगो लगाउने जिम्मा सचिवालय बैठकलाई दिएको थियो ।
एमालेको पोलिटब्युरो बैठकले तत्काल वामपन्थीको नाममा कुनै मोर्चा नबन्ने निष्कर्ष निकालेको छ। बैठकमा एमाले अध्यक्ष केपीशर्मा ओलीले आगामी निर्वाचनमा एमाले एक्लै लड्ने भएकाले नेता कार्यकर्तालाई आफ्नो क्षेत्रमा अहिलेदेखि नै योजनाबद्ध रुपमा अगाडि बढ्न निर्देशन दिएका थिए।
ओलीले आगामी चुनावबाट पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि नेतारकार्यकर्तालाई भूगोलमा खट्न निर्देशन दिएका छन्। ‘अहिले पनि हामी राष्ट्रिय शक्ति हौं, आगामी निर्वाचनपछि हामी निर्णायक राष्ट्रिय शक्ति बन्छौं’ ओलीले बैठकमा भनेका थिए।
पार्टीलाई राष्ट्रिय निर्णायक शक्ति बनाउनका लागि आगामी वर्ष २०८२ भित्र १० लाख पार्टी सदस्य बनाउने कार्ययोजनामा उल्लेख छ।