पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

१६ मंसिर, काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका बुवा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको मंगलबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो ।

उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको आजै दिउँसो पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *