मधेशका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

संविधानको धारा १६८(३) बमोजिम पदमा नियुक्त भएका यादवलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि उनले बुधबार प्रदेशसभाबाटै विश्वासको मत लिन तयारी थालेका हुन्।

१६ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि बुधबार दिउँसो २ बजे विश्वासको मत लिने भएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले यस्तो जानकारी दिएका हुन् ।

संविधानको धारा १६८(३) बमोजिम पदमा नियुक्त भएका यादवलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि उनले बुधबार प्रदेशसभाबाटै विश्वासको मत लिन तयारी थालेका हुन्।

मुख्यमन्त्री यादवले साँझ साढे ५ बजे मुख्यमन्त्री निवासमै पत्रकार सम्मेलन बोलाएर अदालतको आदेशअनुसार बुधबार दिउँसो ३ बजे विश्वासको मतका लागि प्रक्रिया अघि बढाउने जानकारी दिए। उनले भने, “अदालतको पत्र आधिकारिक रुपमा प्राप्त भएको छैन। तर, म आफैंले प्रदेश प्रमुखको कार्यालयमा फोन गरी आदेशको प्रतिलिपि मगाएको छु। सोही आधारमा प्रदेशसभालाई दिउँसो ३ बजे विश्वासको मतको समय मागेको छु।”

मुख्यमन्त्रीले आफूलाई विश्वासको मत पक्का रहेको दाबी गरे। “दलहरूसँगको कुरा–कानी सकारात्मक रुपमा अघि बढिरहेको छ। एक–दुई दलबाहेक सबै दल सकारात्मक छन्। त्यसैले म विश्वासको मत पक्कै पाउँछु,” उनले दोहोर्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *