बलात्कारको प्रतिकार गर्दा बारपाककी १८ वर्षीय सूचिनाको हत्या

खोजी गर्दै जाँदा उनको शव १८ मंसिरमा जंगलमा गाडिएको अवस्थामा फेला पर्‍यो


२५ मंसिर, काठमाडौं । गोरखाको बारपाककी १८ वर्षीय सूचिना घलेको हत्या आरोपमा सोही ठाउँका मन शम्जेर गुरुङ पक्राउ परेका छन् ।

आइतबार ४३ वर्षीय गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले गुरुङविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।

गत १५ मंसिरमा घाँस काट्न भन्दै जंगल गएकी सूचिना सम्पर्कविहीन भएकी थिइन् । खोजी गर्दै जाँदा उनको शव १८ मंसिरमा जंगलमा गाडिएको अवस्थामा फेला पर्‍यो ।

प्रहरीले हत्याको आशंका र केही प्रमाणसमेतका आधारमा गुरुङलाई पक्राउ गरेको थियो । पक्राउपछि सोधपुछको क्रममा उनले हत्या गरेको स्वीकार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *