केपी ओलीको क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस
सिफारिसमा पर्नेहरुमा मेदनी सिटौला, खगेन्द्र पाण्डव अधिकारी, अइन्द्र केरुङ, पदम पौडेल, देवी दाहाल र मन्दरा चिमोरिया पौडेल छन् ।
२४ मंसिर, काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका लागि झापा-५ बाट नेपाली कांग्रेसका पाँच जनाको नाम सिफारिस भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट प्रत्यक्ष तर्फ तीन पुरुष र दुई महिलाको नाम पठाइएको हो ।
सिफारिसमा पर्नेहरुमा मेदनी सिटौला, खगेन्द्र पाण्डव अधिकारी, अइन्द्र केरुङ, पदम पौडेल, देवी दाहाल र मन्दरा चिमोरिया पौडेल छन् ।
यस क्षेत्रमा एमाले अध्यक्ष ओलीले जित्दै आएका छन् ।