मन्त्रिपरिषद् विस्तार, को-को बन्दैछन् नयाँ मन्त्री ?

मन्त्रिपरिषद् विस्तारका निर्णयसँगै सरकारको संरचना थप परिमार्जित बन्ने भएको छ।

काठमाडौं –  प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकालमा चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै आज चारजनालाई मन्त्री नियुक्त गर्ने भएकी छन्। नयाँ मन्त्रीहरूको शपथ दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने तय भएको छ।

स्रोतका अनुसार मन्त्री बन्ने व्यक्तिहरूमा कुमार इङ्नाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन्। मन्त्रिपरिषद् विस्तारका निर्णयसँगै सरकारको संरचना थप परिमार्जित बन्ने भएको छ।

नियुक्त चार जनामध्ये माधव चौलागाईं नेपाली कांग्रेस अपाङ्ग संघका अध्यक्ष हुन्। राजेन्द्रसिंह भण्डारी नेपाल प्रहरीले अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) हुन् भने श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डकी पूर्व कर्मचारी हुन्। कुमार इङ्नाम लामो समयदेखि भूमि तथा स्थानीय मुद्दामा सक्रिय व्यक्तित्व मानिन्छन्।

श्रोतका अनुसार श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालय, माधव चौलागाईंलाई वन मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम मन्त्रालय र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिन तयारी भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *