ईपीएस पास भएर पनि कोरिया जान नपाएका युवा आन्दोलित

ईपीएस परीक्षा पास गरे पनि लामो समयसम्म कोरिया जान नपाउँदा आफूहरूलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग छ।

काठमाडौं- रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग राख्दै युवाहरू आन्दोलनमा उत्रिएका छन्। नौबुँदे माग अघि सार्दै उनीहरूले ललितपुरको ग्वार्कोस्थित इपीएस कोरिया शाखाअगाडि प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा उत्रिएका युवाहरूले कृषितर्फ ईपीएस पास गरेका युवाहरू सबैभन्दा बढी पीडित भएको बताएका छन्। ईपीएस परीक्षा पास गरे पनि लामो समयसम्म कोरिया जान नपाउँदा आफूहरूलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग छ।

ईपीएस पास गरेपछि पनि तत्काल रोजगारीका लागि जान नपाएकाहरूका परिवारले आर्थिक र मानसिक रूपमा ठूलो क्षति बेहोर्नुपरेको भन्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने पीडित युवाहरूको भनाइ छ।

लामो समयसम्म पालो कुर्दा पनि विदेश जान नपाएकालाई विशेष छुट र राहतको व्यवस्था गर्नुपर्ने, एउटै व्यक्तिलाई पटक–पटक अवसर दिनुभन्दा वास्तविक पीडित युवालाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *