प्रधानमन्त्री कार्कीद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण

सोही कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरेका थिए।

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा  पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेकी छन्।

सिंहदरबारको पश्चिमद्वार अगाडिको चोकमा आयोजित विशेष समारोहमा आज प्रधानमन्त्री कार्कीले पृथ्वीनारायणप्रति सम्मान व्यक्त गर्दै सालिकमा पुष्पगुच्छा अर्पण गरेकी हुन्।

सोही कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरेका थिए।  त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेको थियो।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगण लगायतको पनि उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *