विद्यालय बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

लु १ क ३८१४ नम्बरको बसले ठक्कर दिँदा नेपाल नमुना मावि केउरेनीमा नर्सरी कक्षाकी विद्यार्थी सुष्मा कुमारी पासवानको मृत्यु भएको हो ।

१२ माघ, चितवन । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

लु १ क ३८१४ नम्बरको बसले ठक्कर दिँदा नेपाल नमुना मावि केउरेनीमा नर्सरी कक्षाकी विद्यार्थी सुष्मा कुमारी पासवानको मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार विद्यालय हाताभित्र बस घुमाउने क्रममा बसले बालिकालाई ठक्कर दिएको थियो । घाइते बालिकालाई उपचारका लागि देवचुली नगर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *