निर्वाचन आयोगलाई हर्क साम्पाङले जवाफ- बालबालिका प्रयोगको आरोप झुटो हो

‘मैले कुनै अभिभावकलाई भनेर, निर्देशन दिएर बालबालिका ल्याएर बालबालिकालाई कुनैपनि काम अह्राएको छैन, फकाएर वा डरधम्की या प्रलोभनमा पारेर कसैलाई नियतबस प्रचारमा लगाएको छैन,’ साम्पाङले लेखेको पत्रमा भनिएको छ ।

१४ माघ, काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचनको प्रचारमा बालबालिका प्रयोग नगरेको जवाफ दिएका छन् ।

बालबालिका प्रयोग गरेको उजुरीपछि निर्वाचन आयोगले साम्पाङसँग लिखित जवाफ मागेको थियो । जवाफमा साम्पाङले बालबालिका प्रयोग गरेको आरोप गलत भएको पत्र पठाएका छन् ।

‘मैले कुनै अभिभावकलाई भनेर, निर्देशन दिएर बालबालिका ल्याएर बालबालिकालाई कुनैपनि काम अह्राएको छैन, फकाएर वा डरधम्की या प्रलोभनमा पारेर कसैलाई नियतबस प्रचारमा लगाएको छैन,’ साम्पाङले लेखेको पत्रमा भनिएको छ ।

बालबालिका प्रयोगको आरोप गलत भएकाले कार्बाहीको आवश्यकता नरहेको उनले तर्क गरेका छन् । ‘सामाजिक सञ्जालबाट उठाइएका श्रव्य दृष्य (भिडियो) सबै सत्य हुँदैनन् दुद दिने र बदनाम गराउन चाहनेगरी अनेक प्रकारका प्रविधि लगाइ बदनियतबस लगाइएको पनि हुन सक्छ, त्यसैले मलाई या श्रम संस्कृति पार्टीलाई कारबाही गरिनु हुँदैन भन्ने जानकारी निवेदन गर्दछु,’ उनले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *