अख्तियार प्रमुखसहितलाई धम्क्याउने पाठकलाई काठमाडौं ल्याइयो

‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईएनजी)का चेयरमेन पाठक अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् ।

२८ माघ, काठमाडौं । फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई काठमाडौं ल्याइएको छ ।

इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पाठकलाई बुधबार बिहान काठमाडौं ल्याइएको हो । परिसरको टोलीले पाठकलाई लिन फिलिपिन्स पुगेको थियो ।

उनलाई विमानस्थलबाट भद्रकाली लगिने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, ‘उनलाई अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रकाली ल्याइँदैछ ।’ ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईएनजी)का चेयरमेन पाठक अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् ।

नेपालमा चार वटा मुद्दा खेपिरहेका उनले मंसिरको दोस्रो साता पदबाट राजीनामा नदिएमा हत्या गर्ने भन्दै अख्तियारको आधिकारिक इमेलमा मेल पठाएका थिए । मेलमा लेखिएको छ, ‘हामीले १० जनाको हत्या गर्ने निर्णय गरेका छौँ,त्यसमा तपाईंको नाम पनि छ ।

१० दिनभित्र राजीनामा दिनुहोला, यदि दिनुभएन भने यसबीचमा आफ्नो अन्तिम इच्छा पूरा गर्न सक्नु हुन्छ ।’ उच्च पदस्थहरुलाई धम्क्याउने तीन जनालाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिइसकेको छ । उनलाई पनि केही समयअगावै पक्राउ गरिएकोमा अहिले नेपाल ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *