सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना
उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ
२८ मंसिर, काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको बताए । जोशीलाई उनका अनुसार गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ ।
स्वास्थय जाँचका लागि बिहीबार उनलाई अस्पताल लगिएको थियो । सो क्रममा डाक्टरले अस्पताल भर्ना गर्नुपर्ने बताएपछि जोशीलाई भर्ना गरिएको हो ।
काठमाडौंको शंखमुलबाट जोशी ६ असोजमा पक्राउ परोक थिए । त्यसयता उनी प्रहरी हिरासतमा छन् ।
उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।
उनीमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, सहारा चितवन, वीरगञ्जको सोनोपाइला सहकारी, काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धान भइरहेको छ ।