काठमाडौंको न्यूनतम तापक्रम २ डिग्रीमा झर्‍यो

केही दिन पानी पर्ने सम्भावना पनि देखिँदैन


२९ मंसिर, काठमाडौं । काठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियस पुगेको छ ।

आज बिहान पौने छ बजे २.५ डिग्री सेल्सियस मापन भएको तापक्रम बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको मौसमविद् सन्जिव अधिकारीले जानकारी दिए । यो तापक्रम वर्षकै सबैभन्दा कम हो ।

आज शनिबार र भोलि आइतबार मौसम सफा हुने देखिन्छ । काठमाडौं उपत्यकाका खोंचमा र तराई मधेशका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ ।

केही दिन पानी पर्ने सम्भावना पनि देखिँदैन ।

जुम्ला, जोमसोम र जिरीको तापक्रम यसअघि नै माइनसमा पुगेको छ । जुम्लामा सबैभन्दा कम(७ मा झरेको छ ।

आगामी सोमबारदेखि उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना भएकोले जाडो अझै बढ्ने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *