पोखराले काठमाडौंलाई दियो १३९ रनको लक्ष्य
पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए
२९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानम टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन बनाएको हो ।
पोखराले पहिलो ओभरको चौथो बलमा ओपनर एन्ड्रिज गोउसलाई गुमायो। उनी ५ बलमा खाता नै नखोली बाहिरिए।
पोखराका लागि रेमोन रेइफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । ३० बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे ।
यसैगरी ओपनर दिनेश खरेलले २५ बल खेल्दै ६ चौका र १ छक्का मदतमा ३८ रन बनाए । उनले रासिद खानको एकै ओभरमा लगातार चार चौकासहित १८ रन जोडेका थिए । तर, त्यही ओभरको अन्तिम बलमा आउट भए ।
कप्तान कुशल भुर्तेल ७ रन बनाउँदै बोल्ड आउट भए। चौथो विकेट आकर्षित गोमेलको गयो। पाँचौं विकेट दिलिप नाथ १५.४ ओभरमा २७ रन बनाउँदै रासिद खानबाट बोल्ड आउट भए।
छैटौं र सातौं विकेट करण केसीले माइकल लिस्क र नारयण जोशीको लिए। १६.१ र १६.२ मा लगातार विकेट गएको पोखराको आठौं विकेट पनि करणले नै लिए। आठौं विकेटको रूपमा विपिन खत्रीको विकेट गयो। उनले ६ बलमा ४ रन बनाए। नवौं विकेटका लागि रेमोन रेफरसँग सागर ढकालले १९ रनको साझेदारीसहित १ रनमा अविजित रहे।
काठमाडौंका लागि रासिद खान र करण केसीले समान ३ ३ विकेट लिए। गेरहार्ड इरास्मस र माइकल लेभिट १ १ विकेट लिए। आजको दोस्रो खेल चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुनेछ।