भारतमा यात्रुबाहक डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

तीव्र गतिमा आएको भारतीय जलसेनाको स्पीड बोटले ठक्कर दिँदा उक्त यात्रुबाहक डुंगा पल्टिएको थियो


४ पुस, काठमाडौं । भारतको मुम्बइमा एउटा यात्रुबाहक डुंगा दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाटै १०१ जनाको जीवितै उद्धार गरिएको छ ।

तीव्र गतिमा आएको भारतीय जलसेनाको स्पीड बोटले ठक्कर दिँदा उक्त यात्रुबाहक डुंगा पल्टिएको थियो । नीलकमल नामको उक्त डुंगा गेटवे अफ इन्डियाबाट यात्रुहरूलाई बोकेर एलिफेंटा टापुतर्फ गइरहेको थियो । उता भारतीय नौसेनाले एक विज्ञप्ति जारी गर्दै बुधबार साँझ इन्जन परीक्षणका क्रममा स्पीड बोट नियन्त्रण बाहिर गएको र यात्रुबाहक डुंगासँग ठोक्किएको जनाएको छ ।

मृत्यु हुनेमा भारतीय नौसेनका तीन जवान पनि रहेको जनाइएको छ । अन्य दुई जना गम्भीर घाइते रहेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *