सुनको भाउ तोलामा १ हजार ७ सय घट्यो

तोलाको १ लाख ४९ हजार रुपैयाँमा किनबेच भइरहेको छ


४ पुस, काठमाडौं । आज बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ हजार ७ सयले घटेर तोलाको १ लाख ४९ हजार रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार तोलामा १ लाख ५० हजारले कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार आज बिहीबार चाँदी ५५ ले घटेर तोलाको १ हजार ७ सय ८० मा झरेको छ । बुधबार तोलाको १ हजार ८ सय ३५ रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *