उपत्यका अपराध अनुसन्धान टोलीद्धारा ४५ लाख ठगीको अभियुक्त पक्राउ
उनीविरुद्ध तीन फरक ठाउँमा गरेर ४५ लाख ठगीको मुद्दा परेको बताए
५ पुस, काठमाडौं। कास्कीको पोखरा महानगरपालिका–२४ घर भइ काठमाडौं कलंकी बस्दै आएका ४७ वर्षीय रामजी गिरी पक्राउ परेका छन् । ४५ लाख रुपैयाँ ठगीको आरोपमा लागेका व्यक्ति पक्राउ परेका हुन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले उनीविरुद्ध तीन फरक ठाउँमा गरेर ४५ लाख ठगीको मुद्दा परेको बताए ।
उनले दुबईको ट्रान्सपोर्ट होल्डिङ ग्रुप अफ कम्पनीको एचआर म्यानेजर भएको बताउँदै दुबई पठाउने भनेर ३ लाख ३२ हजार ठगी गरेको आरोप छ ।