सुदूरपश्चिमलाई हराउँदै जनकपुरले जित्यो एनपीएलको उपाधि
सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि कब्जा गरेको हो
६ पुस, काठमाडौं । नेपाल प्रिमियर लिगको पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको छ।
टियु क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि कब्जा गरेको हो।
हाई स्कवरिङ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो । जनकपुरका लागि लहिरु मालिन्थाले उत्कृष्ट पारी खेले। उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८७ रन बनाए।
सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो ।