पोखरामा बलात्कार आरोपमा एक जना पक्राउ, एक आरोपि फरार
जबरजस्ती करणी गरेको अभियोगमा बिक्रम नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो
पुष ७, काठमाडौं । पोखरामा एक महिलामाथि सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ काहुँखोला बस्ने गोरखा सिरानचोक गाउँपालिका–४ घर भएका २० वर्षीय बिक्रम नेपाली रहेका छन् । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बिक्रम नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले ती महिलालाई दुई जना व्यक्तिहरूले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा घटनामा संलग्न मध्ये बिक्रमलाई पक्राउ गरेको हो ।
घटनामा संलग्न एक जना फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।