सूर्यदर्शन सहकारी प्रकरण : दीपेश पुनमाथि २ करोड १४ लाख बिगो दाबी

सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप


पुष ७, काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई पनि आरोप लागेको छ ।

पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको हो ।

आइतबार जिल्ला अदालत कास्कीमा दायर भएको मुद्दामा पुनलाई पनि प्रतिवादी बनाइएको हो।

पुनकी श्रीमती सविना आले मगरलाई सञ्चालक समितिमा राखी आफू अनुकुल बनाउनका लागि सोही अनुसारको सञ्चालक समितिबाट निर्णय गराएको पनि सरकारील वकिल कार्यालयले दायर गरेको मुद्दामा उल्लेख छ ।

यही प्रकरणमा जोडिएका गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक गितेन्द्रबाबु राई, रास्वपा सभापति रवि लामिछाने, तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशी लगायत ६३ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *