भारत र बेलायतसहित ५ देशका राजदूतले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमबार महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा उनीहरुलाई शपथ खुवाएका हुन्


८ पुस, काठमाडौं । विभिन्न देशका लागि नवनियुक्त पाँच जना राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमबार महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा उनीहरुलाई शपथ खुवाएका हुन् ।

शपथ लिनेहररुमा रुसी महासंघका जङ्गबहादुर चौहान, संयुक्त अधिराज्य (बेलायत)की चन्द्रकुमारी घिमिरे, स्पेनका शनिल नेपाल, दक्षिण कोरियाका डा. शिवमाया तुम्बाहाङ्फे र भारतका लागि नियुक्त भएका डांं.शंकरप्रसाद शर्मा रहेका छन् ।

कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *