नेप्से परिसूचक दोहोरो अंकले बढ्यो,कारोबार घट्यो
आइतबार अन्य उपसूचक घट्दा पनि जलविद्युत् क्षेत्रको बढेको थियो
८ पुस, काठमाडौं । नेप्से परिसूचक सोमबार २८.९१ अंकले बढेर २६१२.२० विन्दुमा अडिएको छ।
आज बजार १.१ प्रतिशतले बढेको हो ।
आइतबार अन्य उपसूचक घट्दा पनि जलविद्युत् क्षेत्रको बढेको थियो । यो ट्रेन्ड सोमबार समेत निरन्तर रह्यो । सोमबार म्युचअल फन्डबाहेक सबै उपसूचकमा वृद्धि भयो । सबैभन्दा धेरै जलविद्युत्, उत्पादन र प्रशोधन क्षेत्रको मूल्य बढेको छ । जलविद्युत् क्षेत्रको मूल्य २.६५ प्रतिशतले बढेको छ ।
नेप्से बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। यसदिन ३२८ स्क्रिप्सको ८९ लाख ८ हजार ८५१ कित्ता सेयर ४ अर्ब ४३ करोड २४ हजार ६०३ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन ४ अर्ब ५१ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
दोहोरो अंकले बढेको बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सपोर्ट माइक्रोफाइनान्स,सुपर मादी हाइड्रोपावर,बराही हाइड्रोपावर पब्लिकको सेयर १० प्रतिशतले बढेको हो। मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने यस दिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो।