रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ


८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् । सभापति रवि लामिछानेविरुद्ध मुद्दा अघि बढेपछि आज बसेको सचिवालय बैठकले अर्याललाई जिम्मेवारी दिएको हो।

सोमबार बसेको रास्वपाको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय भएको एक पदाधिकारीले जानकारी दिए ।

कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएपछि अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।

जारी भर्चुअल बैठकमा पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल चलिरहेको उनले जानकारी दिए । रास्वपा सभापति लामिछानेविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको मुद्दा दायर गरिएको पत्र संसद् सचिवालयलाई हिजो अवेरमात्र कास्की प्रहरीले जानकारी गराएको थियो । कास्की प्रहरीको पत्र पाएसँगै संसद् सचिवालयले लामिछानेको सांसद पदलाई लिएर कसरी अघि बढ्ने भन्ने विषयमा आन्तरिक परामर्श गरिरहेको सभामुखको सचिवालयले जनाएको छ ।

सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *