दुई सातामा सुनको मुल्य ८ हजार ८ सय घट्यो
२८ कात्तिक, काठमाडौं । सुनचाँदी व्यवसायी महासंघ अनुसार हिजो सुन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको थियो भने आज बुधबार १ लाख ६२ हजार २ सय रुपैयाँ तोकिएको छ ।
कात्तिक १५ गतेयता सुन ८ हजार ८ सय रुपैयाँले घटेको छ। कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने बुधबार बढेको छ ।
अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँ कायम भएको छ ।