सर्लाहीमा ट्याक्टर र मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु

हरिन्द्रको एडभान्स सन्जिवनी अस्पताल बरहथवा र पुरुषोत्तमको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु


१६ पुस, काठमाडौं । सर्लाहीको बरहथवा स्थित नयाँरोड–मधुवनी सडकखण्डमा सोमबार राती ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका–९ मूर्तियास्थित शान्ति चोकमा बलराबाट उखु बोकेर हरिवन चिनी मिलतर्फ जाँदै गरेको ज १ त ९८७६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको ज ४ प ३७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–५ राजुचोक बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको जनाएको छ ।

हरिन्द्रको एडभान्स सन्जिवनी अस्पताल बरहथवा र पुरुषोत्तमको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *