निर्मला पन्त हत्या प्रकरणबारे बोल्ने गोरखाका अर्याल र अफवाह फैलाउने पत्रकार धमला प्रहरी नियन्त्रणमा
२८ कात्तिक , काठमाडौं – गोरखाका नवराज अर्याल जो निर्मला पन्त हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले बुधबार सोह्रखुट्टे क्षेत्रबाट उनलाई पक्राउ गरेको सीआईबीका एसपी होविन्द्र बोगटीले बताए । आयार्लले गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको बोगटीको भनाइ छ ।
‘अर्यालले टेलिभिजनमा भनेजस्तो निर्मला हत्या प्रकरणबारे कुनै तथ्य दिन सकेको छैनन् । उनले समाजमा भ्रम सृजना गर्ने उदेश्यले मात्रै बालेको देखिएको छ । एसपी बोगटीले भने ‘हामीले मंगलबार सोधपुछ गर्दा र आज बुधबार बोलाउँदा समेत भाग्ने प्रयास गरेपछि पक्राउ गरेका हौँ,’ ।
अर्यालले प्राइम टाइम टेलिभिजनका सञ्चालक ऋषि धमलासँग सोमबार ‘जनता जान्न चाहन्छ’ भन्ने कार्यक्रममा अन्तर्वार्ता दिँदै निर्मलाका हत्यारालाई कानुनी कठघरामा ल्याउनुपर्ने र आफ्नो सुरक्षाको ग्यारेन्टी गरे बलात्कारका आरोपीबारे सूचना दिने बताएका थिए ।
तीनजनाको समूहले निर्मलाको बलात्कार गरेको उनले दाबी गरे। तर, सीआईको सोधपुछमा भने उनी कञ्चनपुर एकपल्ट मात्रै पुगेको र घटनास्थलभन्दा करिब २० किलोमिटर टाढा मात्रै पुगेको खुलेको छ ।
निर्मलाको २०७५ साउनमा १० मा बलात्कारपछि हत्या भएको थियो । नवराजसँग अन्तर्वार्ता लिने ऋषि धमलामाथि समेत सीआईबीले सोधपुछ गरेको छ ।