ट्रम्पविरुद्ध ‘हस मनी’ मुद्दामा सजाय सुनाइने
मेमा ट्रम्पलाई पोर्न स्टार स्टर्मी डेनियललाई चुप बस्न १.३ मिलियन डलर तिरेको अभियोग लगाइएको थियो
२० पुस, काठमाडौं । ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिनुभन्दा दुई साताअघि ‘हस मनी’ मुद्दामा सजाय सुनाइने भएको छ ।
न्युयोर्कका न्यायाधीश जुआन मार्चनले उनलाई जेलको सट्टा प्रोबेशन वा जरिवाना गराउन सकिने जनाएका छन्। नवनिर्वाचित राष्ट्रपति ट्रम्प व्यक्तिगत रूपमा वा भिडियो कन्फरेन्स मार्फत अदालतमा उपस्थित हुन सक्ने जनाइएको छ।
ट्रम्पले आफ्नो विरुद्धको मुद्दा खारेज गर्न आफ्नो चुनावी जीतको प्रयोग गर्ने प्रयास गरेका जनाइएको छ।
उनलाई सजाय सुनाउने निर्णयको उनका समर्थकले आलोचना गरेका छन्। उनीहरुले यो मुद्धा तत्काल खारेज गर्न माग गरेका छन्।
गत वर्षको मेमा ट्रम्पलाई पोर्न स्टार स्टर्मी डेनियललाई चुप बस्न १.३ मिलियन डलर तिरेको अभियोग लगाइएको थियो।
यो रकम ट्रम्पका पूर्व वकिल माइकल कोहेनलाई दिइएको थियो, जसले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा मौन बस्नका लागि यो रकम डेनियललाई दिएका थिए।
ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा सपथ ग्रहण गर्दैछन्।