स्थानीय तहका लागि १७ उम्मेदवार तोक्यो रास्वपाले
२८ कात्तिक, काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १७ जना उम्मेदवार छनोट गरेको छ। ४४ पदका लागि १६ मंसिरमा उपनिर्वाचन हुँदैछ । रास्वपाले ओखलढुङ्गा र कैलालीमा हुने जिल्ला समन्वय समितिको प्रमुखका लागि हुने निर्वाचनमा भने भाग नलिने भएको छ ।
रास्वपाले २५ स्थानका उम्मेदवार छनोट प्रक्रियामा रहेको जनाएको छ । रास्वपाले दैलेखस्थित महाबु पालिकाको अध्यक्षमा प्रकाश कुमार बुढा उम्मेदवार बनाउने भएको छ । जाजरकोटको नलगाँड नगरपालिकाको उपाध्यक्षको उम्मेदवार पार्वती पुनलाई चुनिएको छ तेस्तै दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा गोमा श्रेष्ठलाई उम्मेदवार बनाएको छ । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा सुजता फडेरा थापा ,
काठमाडौ महानगर वडा नम्बर १६ का लागि रोजिना श्रेष्ठ उम्मेदवार छनोट गरिएको छ । आकांक्षी उम्मेदवारसँग छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिसका अनुसार उम्मेदवारहरु तय गरिएको स्थानीय तह उपनिर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी गराए ।
अन्य स्थानको उम्मेदवार छनोट प्रक्रियामा रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए । ग्रामथान गाउँपालिकाको अध्यक्ष, डाक्नेश्वरी नगरपालिका र किर्तिपुर नगरपालिकाको प्रमुख, स्वामीकार्तिक खापर र पुथा उत्तरगंगाको उपाध्यक्षको उम्मेदवार चयन हुन बाँकी रहेको रास्वपाले जानकारी गराएको छ ।
निर्वाचन आयोगले १६ मंसिरमा हुने उप निर्वाचनका लागि २ मंसिरमा उम्मेदवारी दर्ताको कार्यतालिको बनाएको छ ।