धनराज गुरुङसँग सीआईबीले लियो बयान


८ कात्तिक, काठमाडौं । ललितपुरको मितेरी सहकारी बचतकर्ताको रकम अनियमितता प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग सोधपुछ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज उनीसँग सोधपुछ गरी बयान कागज गराइएको छ ।
सहकारीमा बचतकर्ताको रकम अपचलन भएकोबारे छानबिन गर्न गठित संसदीय समितिले ‘ज्योति गुरुङ र धनराज गुरुङ समेतमाथि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परेर केन्द्रीय अनुसन्धान ब्यूरोमा आएकामा समितिले अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अघि बढाउन’ सिफारिस गरेको थियो ।
तर, उनलाई छानबिनको दायरामा नल्याएपछि सत्तारुढ दलका उपसभापति गुरुङलाई जोगाउन खोजेको आरोप लागिरहेको थियो । त्यही बेला सीआईबीका अधिकृतहरुले बुधबार उनलाई लाजिम्पाटस्थित कार्यालयमा बोलाएका थिए ।
सहकारीको रकम अनियमितता गर्न नक्कली डिभोर्स गरेको आरोप गुरुङमाथि थियो । सीआईबीसँगको बयानमा उनले आफ्नो साँच्चै सम्बन्धबिच्छेद भएको बताए । मैले नक्कली डिभोर्स गरेको होइन, कानूनी रुपमा फागुन २९ २०७६ मा सम्बन्ध विच्छेद गरेको हो उनले भनेका छन् म सहकारीमा सदस्य थिएँ छोरालाई विदेश पठाउने बेला ऋण लिनु पर्दा १२ लाख लिएको थिएँ । त्यो पनि तिरेको हुँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *