प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २३ अंकले बढ्यो
यो समयमा कारोबारमा आएकामध्ये ७१ वटा स्टक्सको मूल्य बढ्यो
२४ पुस, काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। आज प्रि ओपन सेसनमा नेप्से परिसूचक २३.६५ अंकले बढेर २६७०.५० विन्दुमा पुगेर बन्द भएको हो।
यो समयमा १०१ स्क्रिप्सको २२ हजार ४४० कित्ता सेयर १ करोड ३६ लाख ३३ हजार २४८ रुपैयाँमा खरिदबिक्री भए।
यो समयमा कारोबारमा आएकामध्ये ७१ वटा स्टक्सको मूल्य बढ्यो भने २४ वटाको घट्यो। ५ वटा स्टक्सको मूल्य भने यस दिन स्थिर रह्यो।