तिब्बत भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुग्यो
मृत्यु र घाइतेहरूको संख्या बढ्नसक्ने उनीहरूले आकलन गरेका छन्
२४ पुस, काठमाडौं । चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ। ग्लोबल टाइम्सका अनुसार हालसम्म भूकम्पमा परी १८८ जना घाइते भएका छन्।
७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ ।
भूकम्पका कारण सिगात्सेमा मात्रै एक हजार बढी घरहरु भत्किएका छन् ।
तिब्बतको क्षेत्रीय विपद् व्यवस्थापन मुख्यालयले मंगलबार बिहान६ बजेर ५० मिनेटमा सिगात्से सहरको डिङ्ग्री काउन्टी, शिजाङ स्वायत्त क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प मापन गरेको थियो।
मृत्यु र घाइतेहरूको संख्या बढ्नसक्ने उनीहरूले आकलन गरेका छन्। भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम जारी रहेकाले एकीन तथ्यांक आउन नसकेको अधिकारीहरूलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ।