मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न संसदीय समितिको निर्देशन

खेलकुद मन्त्री तेजुलाल चौधरीसहित मन्त्रालयका सचिवसँग छलफल गरेका थियो


२४ पुस, काठमाडौं । मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले बिहीबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित मन्त्रालयका सचिवसँग छलफल गरेका थियो ।

समितिले छलफलपछि मुलपानीमा क्रिकेट रंगशालाका लागि स्रोत सुनिश्चितताका लागि निर्देशन दिएको हो ।

सरकारले आर्थिक वर्ष २०८०/८१ कै नीति तथा कार्यक्रममा दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुनेगरी मूलपानी र कीर्तिपुर रंगशाला स्तरोन्नति गर्ने घोषणा गरेको थियो ।

त्यस्तै समितिले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *