सप्तरीमा ६७० किलो गाँजा बरामद

परालले छोपिएर राखिएको अवस्थामा उक्त गाँजा बरामद


२८ पुस, काठमाडौं । सप्तरी प्रहरीले ठूलो परिणामको गाँजा बरामद गरेको छ । प्रहरीले शनिबार राति जिल्लाको बलान बिहुल गाउँपालिका-१ स्थित चन्हीबाट ६७० किलो गाँजा बरामद गरेको हो ।

परालले छोपिएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

यस विषयमा आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *