कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ मा बोलाउन सिफारिस
प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो
२८ पुस, काठमाडौं । कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मन्त्रिपरिषद बैठकले दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरिएको जानकारी दिएका छन् ।