गण्डकीकी कांग्रेस सांसद गौचनको निधन


२९ कात्तिक, पोखरा । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । उनको बुधबार राति काठमाडौंको ग्राण्डी अस्पतालमा निधन भएको हो ।
बुधबार राति अस्वस्थ भएपछि ग्राण्डी अस्पताल लगिएको थियो तर अस्पताल लगे लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । म्याग्दी घर भएकी उनी गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् ।
केही दिन अघि उनी डेंगुबाट संक्रमित भएकी थिइन् । परिवारका सदस्यले हृदयाघात भएको अनुमान गरेको भएतापनि उनको मृत्युको कारण खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *