थुनछेक बहसका लागि रवि लामिछाने अदालत उपस्थित

थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ


२ माघ, काठमाडौं । स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालत उपस्थित भएका छन्।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएको छ । उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

आइतबार बयान सकिए पनि थुनछेक नभएपछि उनलाई न्यायिक हिरासतमा पठाएको थियो। सोमबार पनि थुनछेक बहस भएको थियो सो दिन रवि पक्षका वकिलहरूले बाहिरै राखेर अनुसन्धान गर्न अनुरोध गरेका थिए । तर, न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबारको आदेशलाई नै निरन्तरता दिँदै बुधबारबाट फेरि निरन्तर सुनुवाइ हुने बताएका थिए ।

आज पुनः थुनछेक बहस हुनेछ। थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *