सुन तोलामा २ हजार २ सय घट्यो
२९ कात्तिक, काठमाडौं । बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला १ लाख ६० हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।दुई सातादेखि घटिरहेको सुनको मूल्य बिहीबार तोलामा थप २ हजार २ सय रुपैयाँ घटेको छ ।
चाँदी तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १९४० रुपैयाँमा कारोबार भएको चाँदीको मुुल्य यस दिन प्रतितोला १९०५ रुपैयाँमा झरेको हो ।