आर्मीलाई अलआउट गर्दै पुलिस बन्यो जय ट्रफी च्याम्पियन

पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५१ रन बनाए


३ माघ, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिहीबार सम्पन्न तीन दिवसीय फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले हरायो । पुलिसले दिएको १०३ रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा ७४ रनमा अलआउट भयो ।

इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा सोमपाल कामी र विनोद भण्डारीले समान ११ रन बनाए ।

आर्मीलाई अलआउट गर्न पुलिसका दुई स्पीनर काफी रहे । सागर ढकालले ६ तथा ललित राजवंशीले ४ विकेट लिए । सागरले १४.२ ओभरमा ३५ रन खर्चे । ललितले १५ ओभरमा ३९ रन दिए ।

पहिलो इनिङमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले १३३.९ को अवस्थामा इनिङ घोषणा गरेको थियो ।

पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५१ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *