पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित
आजको पेसी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलामा रहेको छ

६ माघ, काठमाडौं । आज आइतबार पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुछिएको आरोप लागेका नेपाल प्रहरीका पूर्वडीआईजी जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । आजको पेसी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलामा रहेको छ ।
जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।