सुन भाउ घट्यो, तोलाको कति ?
छापावाल सुन ८ सयले घटेर तोलाको १ लाख ५७ हजार १ सय रूपैयाँमा कारोबार

६ माघ, काठमाडौं । सुनको भाउ आइतबार तोलामा ८ सय रूपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ८ सयले घटेर तोलाको १ लाख ५७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार आयतबार चाँदी ३० ले घटेर तोलामा १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।