मेयर हर्क साम्पाङ धरानलाई खानेपानी माग्दै पुगे खानेपानी मन्त्रालय
मेयर सम्पाङ आज रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेका थिए

८ माघ, काठमाडौं । रित्तो गाग्री बोकेर काठमाडौं आएका उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ धरानलाई खानेपानी माग्दै सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन् ।
सोमबार उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए ।
मेयर सम्पाङ आज रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेका थिए तर गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनलाई गाग्रीविनै गेटबाट सुरक्षाकर्मीले प्रवेश गराएका हुन् ।
उनले यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए । उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।