बाढी पीडित क्षेत्रमा केही काम भएन : गोकुल बास्कोटा

जनसरोकारका विषयमा समेत संसद्‍मा छलफल आवश्यक रहेको उनले बताए


८ माघ, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले बाढी पीडित क्षेत्रमा केही काम हुन नसकेको बताएका छन् ।

मंगलबार संसद्‍को सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

‘म पनि बाढी पीडित क्षेत्रको मान्छे हुँ । त्यहाँ केही पनि काम भएको छैन । बीपी हाइवे कति बनेको छ रु पूर्व जाने मधेश झर्ने कति जना हुनुहुन्छ,’ उनले भने ।

जनसरोकारका विषयमा समेत संसद्‍मा छलफल आवश्यक रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *