१७ एसपीको सरुवा, काठमाडौंमा अपिलराज बोहोरा
ललितपुरमा नरहरी रेग्मी गएका छन् भने बाराको प्रमुख भएर सन्तोष तामाङ

१२ माघ, काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ । शुक्रबार प्रहरी महानिरीक्षक बसन्त कुँवरले विभिन्न जिम्मेवारीमा रहेका १७ जना एसपीको सरूवा गरेका हुन् ।
केही जिल्लामा प्रहरी प्रमुखसहित काठमाडौंमा पनि एसपी फेरिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा अपिल राज बोहरा आएका छन् । ललितपुरमा नरहरी रेग्मी गएका छन् भने बाराको प्रमुख भएर सन्तोष तामाङ गएका छन् ।
चितवनमा तीन महिनामै प्रहरी प्रमुख फेरिएका छन् । चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारी दिएर उनको ठाउँमा कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत राजन लिम्बूलाई पठाइएको छ । पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेललाई प्रहरी प्रधान कार्यालय सरूवा गरिएको छ ।