हिउँदे अधिवेशन माघ १८ गते, पहिलो दिन संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने

भेटमा संसद्को हिउँदे अधिवेशन, बिजनेश लगायत, अध्यादेश लगायतका विषयमा छलफल


१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ ।

उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाबीच छलफल भएको छ । उनीहरूबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवर्ता भएको हो ।

‘प्रधानमन्त्रीले पहिलो दिन संसद्मा सम्बोधन गर्नुहुनेछ,’ उनले भने । भेटमा संसद्को हिउँदे अधिवेशन, बिजनेश लगायत, अध्यादेश लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आज सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *