टुंगियो एकीकृत समाजवादीमा कार्यविभाजन (नामावली सहित)

१५ माघ, काठमाडौं । महाधिवेशन सकिएको सात महिनापछि नेकपा एकीकृत समाजवादीका नेताहरुको कार्यविभाजन टुंगिएको छ । महाधिवेशन सम्पन्न भएको साढे पाँच महिनापछि एकीकृत समाजवादीले शीर्ष नेताहरूको कार्यविभाजन टुंग्याएको छ ।
अध्यक्ष माधवकुमार नेपालले अपानि–४ जारी गर्दै नेताहरुको कार्य विभाजन टुंग्याएका हुन् । महाधिवेशन सकिएको लामो समयपछि मात्र पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिन, पदाधिकारी चयन गर्न, स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको थियो ।
त्यसपछि भूगोल, गैरभूगोल, जनसंगठन र विभागहरुको जिम्मेवारी दिइएको थियो । तर अन्तिम रुप दिएर अपानि जारी भएको थिएन ।