काठमाडौंबाट धनुषा आइरहेको बसमा एक जना यात्रु मृत भेटिए

धनुषाको जटही चल्ने मधेश प्र.००४००१ ख ०१५७ नम्बरको बसमा उनी ढल्केबर पुग्दा मृत फेला


१५ माघ, काठमाडौं । काठमाडौंबाट धनुषा आउँदै गरेको बसमा एकजना यात्री मृत फेला परेका छन् । मृत फेला पर्नेमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव छन् ।

काठमाडौंबाट धनुषाको जटही चल्ने मधेश प्र.००४००१ ख ०१५७ नम्बरको बसमा उनी ढल्केबर पुग्दा मृत फेला परेका हुन् ।

ढल्केबरमा सिटमै मृत फेला परेपछि बसलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जनाएको छ। बस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *