रास्वपा संसदीय दलको बैठक बस्दै

संसदको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदै छ


१६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बोलाइएको छ ।

बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति, एजेण्डा र प्राथमिकताबारे छलफल हुने रास्वपाका नेताहरुले बताएका छन् ।

संसदको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *