अमेरिकाको राजधानी वाशिङटन डिसीमा ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किए

एयरलाइन्स कम्पनीले राति ९ बजेपछि दुर्घटना भएको पुष्टि


१७ माघ, काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर ठोक्किएको छ। दुर्घटनापछि यात्रुवाहक विमान पोटोम्याक नदीमा खसेको छ।

रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ । एयरलाइन्स कम्पनीले राति ९ बजेपछि दुर्घटना भएको पुष्टि गरेको बीबीसीमा उल्लेख छ।

दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।

ठोक्किएको हेलिकप्टरमा अमेरिकी सेनाका तीन जना सवार थिए । विमान र हेलिकप्टरमा सवार यात्रुको अवस्था थाहा हुन सकेको छैन । नजिकैको नदीमा खोजी भइरहेको छ ।

अमेरिकी ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पलाई दुर्घटनाको बारेमा जानकारी गराइएको बताइन्। ट्रम्पले मानिसहरूलाई शान्त रहन आग्रह गरेका छन् र अधिकारीहरूलाई उद्धार कार्य सञ्चालन गर्न आग्रह गरेका छन्। उनले आफूलाई घटनाको बारेमा जानकारी प्राप्त भएको जनाएका छन्।

घटनाको थप जानकारी लिंदै गरेको पनि उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *